
Shailesh Bhattarai
@shaileshbhatrai
दलतन्त्र मूर्दावाद! लोकतन्त्र जिन्दावाद!!
You might like
पाँच मिनटले बाचे भन्ने ओलीले एक वर्ष अगाडि गरेको घृणित हर्कत राति सुतेका आईमाई मान्छेलाई कहाँ लखेट्न लगाएका थिए।
७४ जनाले सहादत प्राप्त गरे, 'जेनजी' आन्दोलन सेलाएकै छैन, देश श्री पशुपतिनाथले थेगेका छन् र पनि हेलिकप्टरमा झुन्डिएर बाँचेकाहरूको चेत खुल्दै खुलेन। अझै 'जेनजी'लाई भड्काउने अभिव्यक्ति आउँदैछ। आफ्नै सिफारिस र सम्मतिमा बनेको नागरिक सरकारलाई 'हाहु सरकार' भन्न पनि भ्याए। साथै अन्तरिम…
आज बाल र युवासंहारको ८ औं दिन काटिसक्दा, के शिर्ष दल ( तत्कालिन गठबन्धन) का नेताहरुलेः १. सडकमा निशष्त्र शान्तिपुर्ण प्रदर्शनमा आएका युवा र बालबालिका माथि भएको दमन, गोलीको बर्षा, र हत्याको जिम्मेवारी लिएर माफी मांगे ? २. आफ्नो नेतृत्वमा कमजोरी स्विकार गरेर दलको उच्च पदबाट…
गणेशमान महान हुनु हुन्थ्यो तर त्यसको ब्याज तिनको परिवारले नलिएको भए? त्यागी गणेशमानले एउटै चुनावमा श्रीमती र छोरा नउठाएको भए? छोरी पढाउन भनसुन नगरेको भए अनि परिवारवादको विरोध गरेको भए? प्रश्न हजार हुन्छन्। अहिले भावनाको खेतीभन्दा चुप्प लागेकै बेस्!🙏
राज्यसत्ता र पार्टीसत्ताको प्रतिपक्षमा रहुञ्जेल पो हाँस्य व्यङ्ग्य कार्यक्रम पनि मर्यादित,स्वादिष्ट र काइदाका लाग्थे। प्रतिपक्षबाट उक्लिएपछि त ती अमर्यादित, अशिष्ट र वाइयात लाग्दारान्।
दुर्लभ दृश्य_शैलेश भट्टराई न धकेलाधकेल न कबड्डी खेल!! न तोड न फोड उल्टै शिष्टताको होड!! न कुर्सी भाँचाभाँच न हुन्छ नाङ्गो नाच!! न सभामुखलाई झटारो न जिन्दावाद मूर्दावाद भन्ने चटारो!! दुर्लभ दृश्य इज्जत भव्य!!
दल र त्यसका नेताको उद्देश्य भनेकै राष्ट्रको सेवा गर्ने हो। कर्मचारीले तीनको सेवा गरे स्वत: राष्ट्रसेवा हुन्छ। `राष्ट्रसेवक´ भनी भनीकन राष्ट्रको छुट्टै सेवा गरिरहनु पर्दैन। त्यसैले आइन्दा राष्ट्रसेवालाई `एकद्वार नीति´ भित्र समेटौं। राष्ट्रसेवा जस्तो कामलाई झञ्झटिलो नबनाउँ।
लोकतन्त्रलाई अधिनायकवादीबाट बचाउन बहुत सजिलो छ तर अधिनायकवादको विरोध गरेर नथाक्ने लोकतन्त्रको बर्को ओढेकाहरूबाट बचाउन असंभव छ।
दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो। कतै कतै भने चन्द्र सम्शेरको अधीनमा बस्ने कि जुद्ध सम्शेरको अधीनमा बस्ने भनेर प्रतिस्पर्धा छ।
तस्वीर झुण्ड्याइसकेपछिको कुनै एक दिन प्रजातन्त्र दिवस सदाझैँ रविशंकरको कोठामा आए । कोठामा उनले अरु कुराका अतिरिक्त त्यो तस्वीर पनि देखे । तस्वीर देख्नासाथ तुरुन्तै उनले सामान्यीकरण गरिहाले, `हत्तेरिका ! रविशंकर त कम्युनिस्ट पो रहेछन्´ । shilapatra.com/detail/163138
एकछिन खित्का छोडौं ल! मैले बुझेको मार्क्सवाद- १)मार्क्सवादले होली वाइन नपिउनू भनेर कहींकतै भनेको छैन। २)मार्क्सवादले रामको आत्माको खोजी नगर्नू पनि भनेको छैन। ३) मार्क्सवादले छाउपडी प्रथा खराब हो पनि कहीं भनेको छैन। आदि आदि
`बहीदार बाको बाख्रो ब्यायो´ मूलधारे मिडियाका समाचार शीर्षक हेर्दा चौथो अङ्ग `चुत्थो अङ्ग´मा रूपान्तरण भैरहेको त होइन? प्रश्न उब्जिनु स्वभाविक नै हो।
एक नेताले आफ्ना प्रभूलाई सोधे- `इँटाभट्टा काण्डको बारेमा हाम्रो पार्टी किन मौन छ हजूर?यो भन्दा अघि त कडा शब्दमा भर्त्सना गरिएको थियो।´ प्रभूले सम्झाउँदै भन्नुभो- `समय समयको कुरा हो बालक! यो समय बाँदरमुढे काण्डको भर्त्सना गर्ने समय हो। इँटाभट्टा काण्डको होइन।´
खाना पचाउने पेट एउटै, इतिहासमा पुग्ने गेट एउटै, राजनीतिक धन्दाको रेट एउटै, गन्तव्यमा पुग्ने जेट एउटै। कम्तीमा नभनिबक्सियोस् अब- हामी बीच धर्तीगगनको भेद बहुतै!!__ शैलेश भट्टराई फोटो साभार- फेसबुक

United States Trends
- 1. Good Sunday 45.9K posts
- 2. Discussing Web3 N/A
- 3. #sundayvibes 4,063 posts
- 4. Auburn 47K posts
- 5. MACROHARD 8,063 posts
- 6. Gilligan's Island 5,202 posts
- 7. Wordle 1,576 X N/A
- 8. #SEVENTEEN_NEW_IN_TACOMA 39.1K posts
- 9. Brewers 66.8K posts
- 10. #MakeOffer 20.4K posts
- 11. QUICK TRADE 2,162 posts
- 12. Kirby 24.7K posts
- 13. #SVT_TOUR_NEW_ 31K posts
- 14. Boots 51.1K posts
- 15. FDV 5min 2,194 posts
- 16. Utah 25.3K posts
- 17. Holy War 1,997 posts
- 18. #SVT_WORLDTOUR 28.4K posts
- 19. Dissidia 7,246 posts
- 20. Whale - Buy 1,815 posts
Something went wrong.
Something went wrong.