RaneyTam's profile picture. Working journalist, affiliated with http://sthaniyakhabar.com . My core reporting field is Local governance.

Ranjit Tamang

@RaneyTam

Working journalist, affiliated with http://sthaniyakhabar.com . My core reporting field is Local governance.

Ranjit Tamang 已轉發

समस्या सगरमाथाभन्दा अग्ला छन्। सरकार भाँडाकुडी खेल्ने स्तरको छ। राज्यका हरेक संस्थाहरू भत्किएका छन्। संस्थागत नेतृत्वको मनोबल सून्य छ। दलहरू रित्तिएका छन् र उनीहरूका शिर्ष नेताहरू सिद्धिएका छन्। बौद्धिक जमात खुईलिएको छ। पुरै समाज विघटनमा छ। लौ है, यो सामुहिक राष्ट्रिय असफलताको…


नेपाल यस्तो देश हो, यहाँ एउटा मःम पसल चल्न थाल्यो भने त्यसैको छेउमा उस्तै नाम गरेको अर्को मःम पसल खुल्छ । त्यस्तै भयो जेन–जीहरूको संगठन । र अर्को कुरा ! सबै जेन–जीको पृष्ठभूमीमा काठ पसेको मूलाजस्तो भइसकेका जेन–जीका काका–काकी, पिन्ड खान ठिक्क भइसकेको बाजे–बज्यै हर्ताकर्ता ? थैट्


‘ऋण लिएर विकास हुँदैन’ ‘घाटा बजेट बनाउन हुँदैन’ ‘जनताको थाप्लोमा यत्ति लाख ऋणको भार पर्यो’ भन्नेजस्ता भाष्यहरू निर्माण भएको छ । यस्ता भाष्यहरू निर्माण गर्ने खाल्डामा हाले खाल्डै उज्यालो हुने खालका तेजिला विद्वानहरूलाई कुइरेले अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिए हुने नि !


राज्यका खफिया एजेन्सीहरू बाँदरको पुच्छर लौरो न हतियार ! ukeraa.com/news/detail/16…


पुस्तौँ देखिको भूमीहीन नागरिकलाई जग्गा दिने कुरामा सायद कसैको आपत्ति छैन । तर भूमीहीनलाई जग्गा दिने नाममा हाकाहाकी अव्यवस्थित बसोबासीलाई जग्गा दिन खोजियो । यो राष्ट्रिय स्रोत माथी गर्न खोजिएको डकैत थियो । भूमी समस्या सामाधान आयोगलाई खारेज गरेर यो डकैत रोकेकोमा सरकारलाई धन्यवाद ।


Ranjit Tamang 已轉發

देश जलाउने योजनाको सुइँको समेत नपाउने खुफिया संयन्त्र ukeraa.com/news/detail/16…


जेन–जी पनि कति थरिका ? कोही गणतन्त्रवादी जेन–जी, कोही राजावादी जेन–जी, कोही चिलिमवादी जेन–जी... ! दशतिर थुतुनो फर्काएका ठेट्नाहरूले पुराना दलहरूलाई चुनावमा हराउने सपना देख्दछैन् । ताल देख्दा त यिनीहरू सबै चिलिमवादी जेन–जी हो । जय शम्भो, ठेट्नाहरूको बुद्धि कम भो !


यसमा मिडिया हाउसको कुरा जोड्नै पर्दैन । कुनै एकजना मान्छे यु–ट्यूबमा बर्बाराएका कारण हिल्टन ध्वस्त भएको हो । सम्बन्धित व्यक्तिबिरुद्ध उजुरी गरे पुग्छ ।

हिल्टन होटलको तर्फबाट मिडिया र त्यसका संचालकका विरुद्ध किटानी जाहेरी हालिनु पर्दछ।बुझ्नु न सुझ्नु हौवामा TRP का लागि आउरे बाउरे झ्याउरेको मनगढन्ते भिडियो र समाचार सम्प्रेषण गरेकैले धेरै क्षति भएको हो।अब आइन्दा गर्दिन भन्ने छुट अपराधीलाई हुँदैन!दिल भुषण पाठकज्यु पाठकलाई के पढाको?



भीम उपाध्यायले पनि जेन–जी आन्दोलनको नायकत्व ग्रहण गर्छ कि क्या हो ? उमेरले काठ पसेको मूलाजस्तो भइसकेका जेन–जीका काका सुधन गुरुङले आन्दोलनको ठेक्का लिन्छन् भने भीम उपाध्याय त बराजु उमेरको मान्छे ! जेन–जीमाथी स्वतः हक लाछ । जय शम्भो ।

RaneyTam's tweet image. भीम उपाध्यायले पनि जेन–जी आन्दोलनको नायकत्व ग्रहण गर्छ कि क्या हो ? उमेरले काठ पसेको मूलाजस्तो भइसकेका जेन–जीका काका सुधन गुरुङले आन्दोलनको ठेक्का लिन्छन् भने भीम उपाध्याय त बराजु उमेरको मान्छे ! जेन–जीमाथी स्वतः हक लाछ । जय शम्भो ।

Ranjit Tamang 已轉發

सुधन गुरुङको हामी नेपाल समूहसँग प्रहरीबाट लुटिएका हतियार रहेको खबर साँचो हो भने यो गम्भीर कुरा हो। त्यही हतियारको बलमा सुधनले सडकबाट देखाइदिने भन्दै धम्क्याइरहेको र प्रहरीको हतियार लुट्ने/मार्ने,आगजनी गर्नेउपर कारवाही गर्न हुन्न भनेर माग राखेको भन्ने कुराको छानविन कसले गर्ने?


ढोइसँग बिछोड भए पछि उपद्रो मच्चाएको चितवनको धुर्बे हात्तिजस्तै एमाले उन्मत्त हुन थाल्यो । एमालेको पछिल्ला हर्कतहरूले संसद विगठन र प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायधीशलाई नियुक्तिजस्ता असंवैधानिक कदमको बिरोध गर्ने हामीजस्ता केहीलाई रक्षात्मक मात्र बनाएन, भित्तामा टाँग्दैछ ।


Ranjit Tamang 已轉發

Fascinating piece by @JugalBhurtel महान रूसी लेखक माक्सिम गोर्कीको कालजयी कविताको एउटा अंश छ — जो घिस्रिन जन्मिएको छ, त्यो कहिल्यै उड्न सक्दैन। शेरबहादुर देउवाको बहिर्गमन बिना अब कांग्रेस पार्टी राष्ट्रिय राजनीतिको मियो बन्न असम्भव छ। setopati.com/opinion/371059


राजनीतिक दल बन्न सबैभन्दा ठूलो योगदान जनताको हुन्छ । त्यसपछि जनतालाई संगठित गर्न सक्ने लिडरको । कम्युनिष्टहरूले जनता बटुलेर नेता त बन्छन्, तर आफू सत्तामा पुगेपछि जनतालाई नोकर मात्र होइन, हत्या गर्न लायकको जनवार सम्झिन्छन् । अनि यहीँबाट सुरू हुन्छ लोकतन्त्रवादी कम्युनिष्टको पतन ।


भाषाको क्षेत्रमा काम गरेका बढापाकाहरूलाई ‘भाषा बिगार्ने पत्रकारलाई कुट्नु’ भनेर लौरो दिने हो भने ९९% पत्रकारले कुटाई खान्छन् होला ! हामी लेख्ने र बोल्ने दुवैथरी पत्रकारको भाषा यति ध्वस्त छ कि, सामुदायिक स्कूलको ९ कक्षामा नेपाली भाषाको परीक्षा दिने हो कतिजना फेल हुन्थ्यो होला ?


संसारमा मान्छेले मान्छेलाई दिन सक्ने थाेरै अमूल्य चिजमध्ये एउटा किताब पनि हाे । यस्ताे अमूल्य चिज दिने र लिने वातावरण बनाउने दुवैलाई धन्यवाद💝🙏

RaneyTam's tweet image. संसारमा मान्छेले मान्छेलाई दिन सक्ने थाेरै अमूल्य चिजमध्ये एउटा किताब पनि हाे । यस्ताे अमूल्य चिज दिने र लिने वातावरण बनाउने दुवैलाई धन्यवाद💝🙏
RaneyTam's tweet image. संसारमा मान्छेले मान्छेलाई दिन सक्ने थाेरै अमूल्य चिजमध्ये एउटा किताब पनि हाे । यस्ताे अमूल्य चिज दिने र लिने वातावरण बनाउने दुवैलाई धन्यवाद💝🙏

बालेनले फेसबुक स्ट्याटसको नाइल नदी बगाएर जेन–जी आन्दोलनमा दमकल परिचालन गरेको दाबी गर्दैछ । सिंहदरबार जलाउन बालेनको भुमिका थिएन होला, मानेँ । तर ‘सिंहदरबार जलाउँछु’ भन्ने बालेनको फेसबुके टपरटुइयाँ कुराले आमअराजकको मनोविज्ञानमा डेरा जमाएर सिंहदरबार जलेको कुरा भने सत्य हो ।


राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत थियो । तर यति ठूलो बबन्डर हुन्छ भन्ने कुरा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिने दिनसम्म पनि थाह थिएन । सार्वजनिक सँस्थाहरूलाई पङ्गु बनाउँदा कुन हदको दुर्गति भोग्नु पर्दोरहेछ भन्ने उदाहरण हो यो ।


Ranjit Tamang 已轉發

'एसएलआर' उठाको फोटा पोष्टगर्ने जेनजीलाई पुलिसले राति होस्टलबाट उठाएछ।अरूले लुटेको हतियार बोकेर फोटो खिचेको, हतियार फिर्ता भैसकेको पुष्टि भएछि पुलिसले भोलिपल्टै तारेखमा छाड्देछ। छुट्नेबेला सिरहाका ती जेनजीले भनेछन्- 'सर पक्रिने तरिका त यो हो नि, म पक्राउ पर्‍या कसैले थाहै पाएनन।'


Loading...

Something went wrong.


Something went wrong.