
Badri Narsingh KC
@badrinarsinghkc
Вам может понравиться
कांग्रेस भात्रीसंगठन,पार्टी वा संसद्मा कतै चुनाव जीत्ननसक्ने, सभापती देउवाको निगाहमा पद पाईरहने र उनैको भजनकिर्तनमा आजसम्म जसोतसो राजनितिको गुजरामा रमाउने एक जमात कांग्रेसभित्र छ।यिनका कुरा सुन्दासुन्दै देउवाको यो डरलाग्दो हालत भयो।अझै यिनका सारमा लागे कांग्रेस प्रजापरिषद हुन्छ।
सौर्य दैनिकमा ०८२ असोज ८ गते प्रकाशित मेरो लेख। गम्भीरतापूर्वक हेक्का राखियोस्, सत्ताधारी पार्टीहरूसँग यो पुस्ता नराम्रोसँग चिढिएको छ । अहिले आन्दोलन छैन, तर स्थिति सामान्य र शान्ति पनि छैन । souryaonline.com/2025/09/673479…
०४७ को जनआन्दोलन सफल पार्न पनि यस्तै पुस्ता सहभागी थिए।माओवादीले हिंसात्मक द्वन्द्व चलाउँदा,सफल बनाइदिन कलिला हातहरूले हतियार उठाएको,मृत्यु वा बलिदान भोगेको१३-३० वर्षका यही पुस्ता थियो।अब पनि यो पुस्ताले गणतन्त्रलाई च्यापेर सफलता खोज्नु विषवृक्ष रोपेर अमृतको फल खोज्नु जस्तै हो।
आज ०८२ असोज १ गते नागरिक दैनिक पत्रिकामा प्रकाशित मेरो लेख। nagariknews.nagariknetwork.com/opinion/the-ge…
वर्तमान संक्रमणकालको चौबाटोबाट निश्चित दिशामा अगाडि बढ्न परम्परागत राष्ट्रिय शक्ति र अन्य सबै राष्ट्रिय शक्तिका बीच निषेधको पक्षपात त्यागेर राष्ट्रिय एकता, शान्ति तथा अमनचैन, स्थिरता र गतिशीलता लिनको लागि न्यूनतम समझ्दारीका साथ नयाँ शैलीबाट मुलुकलाई समाधानको उपचार दिनु जरुरी छ ।
श्रीलंकाको संकट र नेपाल ०७९ श्रावण ४ गते नागरिक दैनिकमा प्रकाशित मेरो लेख आज सम्म सान्दर्भिक भएकोले। -बद्रिनरसिंह केसी nagariknews.nagariknetwork.com/opinion/888941…
५ वर्षमा दक्षिण एशियामा अफगानिस्तान, श्रीलंका र बांग्लादेशबाट जनतामा यस्तै क्रुर दमनकारी शासन चलाउने राष्ट्रपती ,प्रधानमन्त्रीहरूले जनविद्रोहको कारण सत्तामात्र छोड्नु परेन,देशै छोडेर भाग्नुपर्यो।तेस्तै लक्षणछ नेपालमा।जेनजीको प्रदर्शनमाथि निर्मम दमनले नागरिक अधिकारको अपहरण भएको छ
आजको पुस्ता आमसञ्चारका साथ हुर्केको समाज हो।सामाजिक सञ्जाललाई नियमन,अनुशासित र समाज उपयोगी बनाउन कानुनी व्यवस्थापन अनिवार्य छ तर सरकारले अधिनायकवादी कदम चलाएर यसको गला निमोठ्न पाउँदैन।आज सरकारको नेतृत्व त्यस्ता पात्रको काँधमा छ,जसले आलोचना वा विरोधप्रति शुन्य सहनशीलता बोकेका छन्।
नयाँ नेपाल’ रुपी आदर्शराज्यको गुलाबी चित्र देखाएर ‘असफल राज्य’ मा पु्र्याउने खेलवाड, यी चर्तिकाला र तमासा अन्तर्निहित चलिरहेकै छ । गणतन्त्रको वकालत गर्दागर्दै दलहरूले दन्त्यकथाको ‘प्यान्डोराको बाकस’ नेपाली राजनीतिमा खोलिदिएका छन्।अव के हुने हो? हेर्दै जाउॅं,धेरै समय कुर्नुपर्दैन।
विगत १९ वर्षको गणतन्त्रतात्मक राज्य ब्यवस्थाको अवधिमा नेपालमा देश र जनताले हारेपनि अपराधी,भ्रष्ट, बिचौलिया र तस्करहरूले जितिरहेका छन्।यसैलाई त हामी देश र जनताको जित भनिरहेका छौं।तिनै नेताको जयजयकार ,देवत्वकरण र पूजा गरिरहेका छौ।त्यसैले त हामी निमुखा धन्य छौं नि।
आज ०८२ भाद्र १२ गते नागरिक दैनिकमा प्रकाशित लेख । nagariknews.nagariknetwork.com/opinion/republ…
देउवाले गणेशमान सिंह,सुवर्ण जस्ता आदर्शवादी राजनेताहरू एकाध पटक मन्त्रीमात्र भएको,प्रधानमन्त्री हुने अवसर पाए पनि अरुलाई दिएको त्याग सम्झेर आफू ५ पटक प्रधानमन्त्री बनेर देशले के पायो भन्ने न्यायिक प्रश्नको उत्तरमा जान सक्नुपर्छ।अपराधीले मात्र इतिहास र भावी पुस्ताको पर्वाह गर्दैन
नेपाल कानुनले होईन,अपवादबाट चल्ने वा अपवादका घटना भईरहने मुलुक हो।यतिवेला श्री ५ ज्ञानेन्द्र चर्चाको शिखरमा छन् , वर्तमानको यो नारकिय अवस्थामा रमाउदै गणतन्त्रलाई सत्ताको भोगविलाको साधन मानेर वकालत गर्ने चर्चाकारहरू राजा ज्ञानेन्द्रलाई धोचेर मनको जहर वान्ता गर्नुनै उपलब्धी ठान्दछन
गणतन्त्र आएपछि सत्तामा हालीमुहाली चलाउदै तर् मारेका प्रमुख नेताहरूनै यतिवेला उपयोग गरिसकेर मिल्काईएका कन्ट्रासेप्टिक वा सेनेटरी प्याडजस्तै भईसकेका छन,श्री ५ ज्ञानेन्द्रलाई जेल हाल्नुपर्छ भनेर यिनले चिच्याउदा सामाजिक सन्जालमा आक्रोश पोख्ने हजारौ देखिन्छन्, तर समर्थनमा कोहि देखिन्न
माओवादी विद्रोहबारे तत्कालीन राजदरबारको दुइआधारभूत मार्गदर्शन थिए१-माओवादी विद्रोह आतंककारी गतिविधि भए पनि यो राष्ट्रिय अखण्डताको विपरीत पृथकतावादी आन्दोलन होइन २-माओवादी पनि नेपाली भएको र विद्रोहको नाममा बाटो बिराएकोले फर्काएर शान्तिपूर्ण राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्छ
माओवादी पार्टी र प्रचण्डको राजगद्दी | हाल आएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ताविहीन भई प्रतिपक्षमा बस्नुपर्दा भइरहेको तर भन्न नहुने छटपटी बुझ्नलायक छ । souryaonline.com/2025/08/665683…
काँग्रेस, एमाले र माओवादीका प्रमुखका शक्तिको लुछाचुँडीमा यी तीन पार्टीका अध्यक्षहरूका बीच बाहिर बेमेल देखिए पनि भित्रभित्र आपसमा मिल्नुपर्ने एकताको सूत्र सत्तालिप्सा र भ्रष्टाचार नै हो । यो दुर्गन्धित विषाक्त परिस्थितिबाट मुलुकलाई मुक्त गर्नु जरुरी सार्वजनिक महत्वको जिम्मेवारी हो
अपरेशन थिएटरमा बेहोस बनाएर सुताइएको बिमारीको शरीर चिरिसकेपछि सर्जनहरू नै आपसमा झगडा गर्नथाले भने बिमारीको के हालत होला ? १५÷२० जना सर्जनरुपी प्रमुख नेताका जिम्मामा रहेको सिकिस्त बिमारीरुपी हाम्रो मुलुक करिब दुई दशकदेखि यस्तो भयानक दुर्भाग्यमा फसिरहेको छ।
असिनाले पहिले बाली बोटबिरुवालाई नोक्सान गरेपछि आफू बिलाएको जस्तो,परजीवी ऐंजेरुले रुखलाई चुस्दै हुर्किने र रुख मारिसकेपछि आफू स्वतःमर्ने प्राकृतिक उदाहरण वर्तमान राजनीतिमा लागेका अनेक जातका ऐंजेरुबाट चरितार्थ हुँदैछ। जसले वर्तमान गणतन्त्रलाई मासेरमात्र आफू मासिने लक्षण देखाएको छ।
United States Тренды
- 1. D’Angelo 350K posts
- 2. Young Republicans 27.6K posts
- 3. Charlie 669K posts
- 4. Erika Kirk 76.2K posts
- 5. Politico 213K posts
- 6. #AriZZona N/A
- 7. #PortfolioDay 22.8K posts
- 8. Jason Kelce 5,035 posts
- 9. Pentagon 111K posts
- 10. Presidential Medal of Freedom 93.4K posts
- 11. Harkey N/A
- 12. Burl Ives 1,023 posts
- 13. George Strait 5,244 posts
- 14. #LightningStrikes N/A
- 15. NHRA N/A
- 16. Kai Correa N/A
- 17. Milei 330K posts
- 18. All in the Family 20.2K posts
- 19. Big 12 14.4K posts
- 20. George Floyd 21.9K posts
Something went wrong.
Something went wrong.