Sharad287's profile picture.

Sharad Adhikari

@Sharad287

शुशीला सरकारले असली जेन्जी को हो भन्ने पत्ता लगाउदा लगाउदै ६ महिना बित्ने भयो । कताको चुनाव, कताको सुशासन । हैट ।


आङसाङ सुकीले १९९१ मा नोवेल शान्ती पुरस्कार पाइन, त्यसपछि उनी २०१६-२०२१ सम्म स्टेट काउन्सिलर बनिन् । तर अहिले भूराजनीतिले अहिले म्यानमार फेरि उस्तै भएको छ । भेनेजुयलाकी मचाडोले २०२५ को त्यही र त्यस्तै अवस्थामा त्यो पुरस्कार पाएकी छन् । समयक्रममा भेनेजुयला म्यानमार जस्तो नहोस् ।


राष्ट्रपतिले समन्वय गरिदिनु पर्ने भएपछि अन्तरिम सरकार चाहिँ किन चाहियो? सरकार आन्दोलनकारी भएको हो र? अरू त म भन्न सक्दिन, रामेश्वर सरले सायद अब राजीनामा दिनु हुन्छ । यस्तो सरकारमा बसेर निकम्मा हुने वहाँको आदत छैन ।


जब देशका बडेबडे राजनीतिक विश्लेषकहरू नै कम्पास हराएको जहाजका क्याप्टेन जसरी अलमलमा पर्छन्, ...तब हामी विश्लेषणको खोजीमा आफैं बाहिर निस्कनुपर्ने हुन्छ। हो @basantabasnet जी! तपाईको विश्लेषण एकदम ठिक छ। आइन्दा त्यस्ताबाट विश्लेषण गराएर हामीलाई नपढ्ने नबनाईदिनु होला।

@basantabasnet को भिडियो टिप्पणी : राज्य चलाउनेहरूले बुझ्नुपर्छ, कुनै पनि प्रदर्शन अन्तिम होइन । भोलि पनि जनताका आवाजहरू उठ्न सक्छन् । त्यस बेला अहिले राज्य चलाउनेहरू त शक्तिमा होलान् नहोलान्, तर देश त रहिरहन्छ । #onlinekhabar onlinekhabar.com/2025/10/177838…



संबिधानमा रहेको निर्वाचन प्रणाली र त्यसमा खेल्ने राष्ट्रिय अन्तराष्ट्रिय तत्वले हालैको विद्रोहको माग अनुसार स्थिरता र सुशासन कायम गर्ला र? पद्दतिले निकास दिने प्रणाली अनुसरण गर्न अपील गरिदिएको भए दीर्घकालीन शान्ति हुदो हो। राजाले पनि संसदको निर्णय मानेर गद्दी छाडेका थिएनन् र?

**हाम्रो अपिल** 🙏

GejaWagle's tweet image. **हाम्रो अपिल** 🙏
GejaWagle's tweet image. **हाम्रो अपिल** 🙏


काम नलाग्ने संविधान बनाएर संवैधानिक सर्वोच्चताको दुहाई दिएर कहीँ समस्याको समाधान हुन्छ? राजाले पनि संसदको निर्णय अनुसार राजगद्दी त्यागेका हुन। संसद व्युताएर समस्याको समाधान खोज्नु नै उपयुक्त विधि हो। अन्त समाधान खोजेर तत्काल रोटी सेकिएला। तर समाधान हुन्न । @thapagk @Shekharnc


प्रहरीबाट लुटिएका ७०० बढी हतियार कता छन् अहिलेसम्म थाहा छैन, जेलबाट भागेका ६-७ हजार अपराधीहरू समाजमै विचरण गरिरहेका छन्। दीगो शान्तीका लागि यो अवस्था पक्कै पनि चिन्ताजनक छ। राज्यको पहिलो कर्तव्य शान्ती सुरक्षाको प्रत्याभूति दिनु हो। हेल्लो गृह मन्त्रालय! बाटो बिराउन भएन है।


पूर्व निर्वाचन आयुक्तले काम नलाग्ने निर्वाचन प्रणाली सुझाएको देखियो सानो क्लिपमा। निर्वाचन पूर्ण समानुपातिक, त्यस्मा दलले निर्वाचनमा भाग लिने अनि दलको समानुपातिक सूची प्राइमरी इलेक्सनबाट तय हुने। यो पद्दति प्रत्यक्ष लोकतन्त्रको अवधारणासंग विल्कुलै मिल्दैन। कम्युनिष्ट रहेछन् तिनी।


तपाईं जहिलेसम्म ७२ सालको संविधान ओभरह्वाउल गर्न तयार हुनु हुन्न, नेपालको अवस्था परिवर्तन हुदैन । टाउको दुखेको ओैषधि नाइटोमा नलगाउनु होस् मान्यवर ।


दशै गयो, दशा गयो कि गएन कुन्नी देशको? सबैले वालेनलाई हिरो माने भदौ २३-२४ को । तर उनी देश भित्रैबाट प्रयोग भएका पात्र हुन । उनी फस्ट स्टेप हुन, गेम चल्दै छ, सेकेन्ड स्टेपको नतिजा क्याकुलेट गर्न सके देशको राजनीति बुझेको मान्नु पर्छ ।


केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानास् । ~जेनजी आन्दोलन~


३ वटा कुराको परिणाम थियो भदौ २३ र २४ गतेको घटना । १) प्रविधिसित जोडिएको पुस्तामा रहेको निरासा २) के पी वलीको बच्कना र दम्भ अनि शेर बहादुर देउवाको सत्ता सपना । ३) विपक्षी दलहरूमा देखिएको निरासा र कुण्ठा ।


सबैले यो कुरा रिअलाइज गरेकै हो, वर्तमान संबिधानमा भएको निर्वाचन प्रणालीले नै देशमा घुमिफिरी तीन बड्डाको वरिपरि सत्ता घुमिरहेको हो, थियो । त्यसैले संबिधानको त्यो निर्वाचन प्रणाली रहंदासम्म देशमा जेनजीले खोजेको जस्तो स्थिरता, विकास र सुशासन सम्भव छदैछैन । ~रिअलाइज इट~


चाहिने कुरा गर्नु नि ! धमलाजी ! आफू को किन के भन्ने नै थाहा नहुनेलाई भीडले मान्ला तर सचेत पत्रकारहरूका अगाडि नबोलाई दिनु न हौ !


५० जना भन्दा बढी मरे, खरबौको राष्ट्रिय सम्पत्ति नाश भयो, व्यक्तिगत सम्पति पनि धेरै नै नाश भयो । तर परिवर्तन चाहिँ के भयो? अहिलेसम्मको प्रगति- १ थान प्रधानमन्त्री मुलुकले थप पायो ।


एउटा फन्टुस आफैं लम्पसार परेको देखियो। अर्को बरु स्वाभिमानी रहेछ, आफै झुकेन । तर उस्को वाल मनोविज्ञानलाई के गरे खै ओैलाले खुट्टा देखाएरै ढोगाए । कुरा प्रष्ट छ त! नबुझ्ने कुरै भएन ।


अहिलेको संवेदनशील राजनीतिक अवस्थाको निकास लोकतन्त्रमा छ, जनताको सार्वभौमसत्तामा छ । पार्टीहरूले संबिधानबाटै निकास खोज्नुको अर्थ घुमाईफिराई यथास्थितिमा बस्ने कुरा मात्रै हो । के तपाईहरूलाई नेपाली जनतामा विश्वास छैन?


United States Trends

Loading...

Something went wrong.


Something went wrong.